दफा १८
रेल चालक बा सहचालकको योग्यता
(१) देहायको योग्यता पूरा/गरेको व्यक्ति दफा १७ बमोजिम चालक वा सहचालकको अनुमतिपत्र लिनको लागि योग्य हुनेछः- (क) मान्यताप्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको,

(ख) मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक वा सहचालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको,

(ग) एक्काइस वर्ष उमेर पूरा भई चालिस वर्ष उमेर ननाघेको, र

(घ) रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकको रूपमा काम गरेको ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिले रेल चालक वा सहचालकको अनुमतिपत्र प्राप्त गर्न सक्ने छैन:-

(क) शारीरिक वा मानसिक अस्वस्थताको कारण रेल

चलाउन योग्य नभएको,

(ख) आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देखे शक्ति ठीक नभएको,

(ग) साधारण ध्वनी वा आवाज सुन्न वा सङ्केत देख र सुन्न नसक्ने अवस्था भएको,

(घ) रातो, हरियो, पहँलो जस्ता रङ्गहरू तुरुन्त छुट्याउन नसक्ने गरी दृष्टिदोष (कलर ब्लाइन्डनेश) भएको,

(ङ) रतन्धो भएको, वा (च) हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्ने भएको ।